जिल्ला प्रशासन कार्यालयमा कर्मचारीको प्रदर्शन


वीरगन्ज – पर्साका पालिकाका निजामती कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन् । कर्मचारीलाई दुरव्यवहार गर्नेहरुलाई कारबाहीको माग गर्दै  नेपाल निजामती कर्मचारी संगठन पर्साको अगुवाइमा कर्मचारीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।

धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु पटेलालाई गत माघ १३ गते वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मी र उनी निकटका ठेकेदारले कार्यकक्षमै दुरव्यवहार गरेका थिए । दुरव्यवहार गर्नेहरुलाई कारबाहीको माग गर्दै गत सोमबार निजामती कर्मचारी संगठन पर्साले प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई २४ घण्टे अल्टिमेटमसहितको ज्ञापनपत्र पनि बुझाएको थियो ।

तर, ज्ञापनपत्रबारे कुनै सुनुवाइ नभएको भन्दै बिहीबार निजामति कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा दुई घण्टा धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया