मध्यबानेश्वरको एक क्लिनिकमा ‘बम’, सेनाको डिस्पोजल टोली घटनास्थलमा


काठमाडौं — काठमाडौं मध्यबानेश्वरस्थित एक आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ ।

मध्यबानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रको तेस्रो तलाको ट्वाइलेटमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बम राखिएको आशंकामा नेपाली सेनाको डिस्पोजल टोली खबर गरेपछि सेनाको टोली घटनास्थलमा पुगिसकेको छ ।

प्रतिक्रिया