

रोकिएका परिक्षा फागुन ६ देखि सञ्चालन गर्दै लोकसेवा आयोग

काठमाडौं – कोरोनाको तेस्रो लहरसँगै रोकिएको लोक सेवा आयोगको परिक्षा फागुन ६ गतेदेखि हुने भएको छ । कोरोना बढ्दै गएपछि लोकसेवा आयोगले विभिन्न परिक्षाहरु स्थगित गरिएको थियो।
आयोगले सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गरेको छ।
उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ सातौं, आठौं र नवौं तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ देखि सुरू गर्ने आयोगको निर्णय छ।
स्थगित परीक्षाहरू सञ्चालन गर्ने बुधबार बसेको आयोगको बैठकबाट निर्णय भएको थियो।

