अन्तर्वार्ताको माग गर्दै लोकसेवा आयोगमा धर्ना


काठमाडौं — अन्तर्वार्ताको माग गर्दै लोकसेवा आयोगमा परिक्षार्थीहरुले धर्ना दिएका छन् । नायब सुब्बाको लिखित परिक्षा दिएर उत्तीर्ण भएका उम्मेदवारहरूले आइतबार  कमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् ।

लिखित परिक्षाको नतिजा प्रकाशन भएको ६ महिना नाघिसक्दा पनि अन्तर्वार्ता नभएपछि उनीहरुले आयोगमा ध्यानाकर्षण गराएका हुन् । धर्नामा सहभागी एक परिक्षार्थीले भने, ‘भदौमा लिखित पास भइयो, अहिलेसम्म अन्तर्वार्ता दिन पाइएको छैन, यस्तै चालले कहिलेसम्म कुर्ने हो कुन्नि?’

परीक्षामा उत्तीर्ण भएर पनि अन्तर्वार्ता नहुँदा ४÷५ सय नासुको भविष्य अन्योल भएको लिखित परीक्षामा सफल भएका उनीहरूले जनाएका छन् ।

अदालतमा मुद्दा परेपछि गत भदौदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो । रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशीघ्र सञ्चालन गर्न अदालतले आदेश दिइसकेपनि आयोगले अहिलेसम्म अन्तर्वार्ता नलिएको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया