

नेकपा केन्द्रीय समिति बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीले जीवन शर्माको गीत गुनगुनाएपछि…

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा डाकेको केन्द्रीय समितिको बैठकमा जीवन शर्माको गीत गुनगुनाएका छन्।
सो क्रममा उनले भने,‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन।’ ५५६ जना नयाँ केन्द्रीय सदस्य थपेपछि उनले भने,‘हामी कसैलाई कारबाही गर्ने पक्षमा छैनौं, नेकपाको एकतामा जोड दिन्छौं।’
महाधिवेशनका लागि ओलीले ११ सय ९९ सदस्यीय आयोजक समितिको घोषणा गरेका छन्। त्यसमा साविकका ४४६, थपिएका ५५६ र पछि १७९ जना थप्ने निर्णय ओलीले सुनाएका थिए।
नेकपाको स्थायी समितिको बैठकले ओलीलाई कारबाहीको प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको थियो। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल पक्षले बोलाएको केन्द्रीय समितिको बैठक दिउँसो १ बजे कार्की पार्टी प्यालेसमा हुँदैछ।

