ओलीले थपेका ५५६ केन्द्रीय सदस्यले सपथ लिए


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई आजै शपथग्रहण गराएका छन् ।

महाधिवेशन आयोजक समितिमा थपिएका ५५६ जनालाई शपथग्रहण गराइएको एक केन्दीय सदस्यले बताए । आजै ओलीले १९७ जना पछि थप्ने गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए ।

बालुवाटारमा ओलीनिकट केन्द्रीय सदस्यहरुको बैठक जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया