
एमाले प्रचार विभागमा ९ सदस्य थप
काठमाडौँ – नेकपा (एमाले)ले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा नौ जना सदस्य थप गरेको छ। भक्तपुरमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा नौ सदस्य मनोनित गरेको हो।
एमाले सचिवालय बैठकले गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्कालाई प्रचार विभाग सदस्यमा मनोनित गरेको हो।
एमाले प्रचार विभाग प्रमुखमा पार्टीका उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य विष्णु रिजाल छन्।
उनीहरुले गएको मंसिरमै जिम्मेवारी पाएका भए पनि बाँकी सदस्य चयन हुन सकेको थिएन।
बुधबारको सचिवालय बैठकले प्रचार विभागका साथै उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा समेत सदस्यहरू मनोनित गरेको छ।



कागजपत्र |
