भक्तपुरमा एमालेको केन्द्रीय सचिवालय बैठक जारी


काठमाडौं – भक्तपुरको एक पार्टी प्यालेसमा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बुधबार दिउँसो १ बजे सुरू भएकाे  हो ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया