चिकित्सा शास्त्र स्नातक तहको प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद थप


काठमाडौं – चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाका लागि आवेदन दिने समय थप गरेको छ ।
आयोगले सोमबार सूचना जारी गरी प्रवेश परीक्षाका लागि बैँक दाखिला गर्ने म्याद फागुन ४ गतेसम्म र फारम पेश गर्ने म्याद फागुन ६ गतेसम्म बढाएको जानकारी दिएको हो ।

यसअघि, माघ २० गतेसम्मको म्याद तोकिएको थियो । कोरोनाको तेश्रो लहरका कारण विभिन्न कार्यालयहरू बन्द भई समयावधिभित्र आवश्यक कागजात तयार गर्न कठिनाइ हुने गुनासो आएपछि आयोगले परीक्षाको म्याद थप गरेको हो ।

विश्वविद्यालय, प्रतिष्ठान र यसअन्तर्गतका शिक्षण संस्थाहरूले सञ्चालन गर्ने चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि एकीकृत प्रवेश परीक्षा हुने गरेको छ ।

प्रतिक्रिया