

संसद विघटनविरूद्ध ११ रिट दर्ता, सबै रिटमा बुधबार सुनुवाई हुने

काठमाडौं – संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दर्ता भएको छ । आइतबार र सोमबार अदालतमा पेश भएका ११ वटा रिट दर्ता भएको हो ।
१३ वटा रिट पेश भए पनि ११ वटा मात्र दर्ता भएको छ । ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।
सबैजसो रिटमा संसद विघटन संसद विघटन असंवैधानिक भन्दै खारेज गर्न माग गरिएको छ ।
सन्तोष भण्डारी, कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेलसमेत, लोकेन्द्रबहादुर ओली र केशरजंग केसी, ज्ञानेन्द्र आरण, शालिकराम सापकोटा, कमलबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अमिता गौतम पौडेल र कृष्णप्रसाद श्रेष्ठले रिट दायर गरेका छन् ।
यीमध्ये सन्तोष भण्डारीको संवैधानिक इजलासमा र अरुको साधारण इजलासमा सुनुवाइ हुनेछ ।

