

प्रचण्ड–नेपाल सांसद भेलाले बोलायो संसदीय दलको बैठक, प्रतिनिधिसभा ब्युँताउने प्रस्ताव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल समूहका सांसद भेलाले बुधबारका लागि संसदीय दलको बैठक बोलाएको छ।
प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध हस्ताक्षरसहित बानेश्वरमा भएको भेलाले प्रतिनिधि सभा व्युँताउनका लागि पनि प्रस्ताव गरेको छ।
प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ जना सांसदको भेला चलेको थियो। यो नेकपा संसदीय दलको बहुमत सदस्यको भेला हो।

