

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले बतायो ।
सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट पारित गराउन पहल थालेका छन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरीकी सहयोग एमसीसी सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन्।
त्यससैगरी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरीकाले दिने सहयोग एमसीसी संशोधनपछि मात्रै पारित गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखेका छन् । यसले सत्तारुढ गठबन्धनभित्र नै एमससिसीका विषयमा दुईथरी धारणा निर्माण भइरहेको देखिन्छ ।

