
संविधान सभा सदस्य थापाको मृत्यु
बुटवल – अर्घाखाँचीमा एमालेबाट निर्वाचित संविधान सभा सदस्य दुमन सिंह थापाको निधन भएको छ । एमालेबाट निर्वाचित संविधान सभा सदस्य दुमन सिंह थापाको काठमाडौंमा निधन भएको हो । थापाले ०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संविधान सभामा एमालेबाट चुनाव जितेका थिए ।
थापाको दुई वटै मृगौला प्रत्यारोपण गरिएको थियो । थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो । एमाले विभाजनपछि समाजवादीतर्फ लागेका थापा सो पार्टिको निर्वाचन अयोगको सदस्यका रुपमा रहेका थिए ।



कागजपत्र |
