

अध्यक्ष ओलीले बोलाए नेकपा केन्द्रीय कमिटी बैठक

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
मंगलबार बिहान ९ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक डाकेका हुन्। हिजोको स्थायी समिति बैठकले भोली दिउँसोका लागि केन्द्रीय कमिटीको बैठक डाकेको थियो। ओलीलाई अनुशासनको कारबाही गर्न भनी केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने स्थायी समितिको बहुमतको निर्णय थियो।
तर सो प्रस्ताव पेस हुनुअघि नै केन्द्रीय कमिटीको बैठक ओलीले डाकेका हुन्। सोमबार मात्र आफूनिकट सांसदलाई डाकेर उनले केन्द्रीय कमिटीको बैठक बोलाउने जनाएका थिए।

