एमाले र माओवादी केन्द्रको एकता फुटाउने ऋषि कट्टेल आफ्नै पार्टीबाट निष्कासन


काठमाडाैँ – नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा सर्वाेच्च अदालतबाट भंग गराउने हतियार बनेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल आफैं सो पार्टीबाट निष्कासनमा परेका छन्।

पार्टीको हितविपरीत काम गरेको आरोप लगाउँदै उक्त पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले साधारण सदस्यसमेत नरहने गरी कट्टेललाई पार्टीबाट निकालिएको जानकारी दिएका हुन्।

सुवेदीले जारी गरेको विज्ञप्तिमा दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरित कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन गरिएको समितिको सिफारिसका आधारमा उनलाई निष्कासन गरिएको उल्लेख छ।

प्रतिक्रिया