

प्रचण्डले उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर अध्यक्ष मान्दिएको हुँः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन्।
ताजा जनादेशका लागि जाने निर्णय चित्त बुझेर नभई पार्टीभित्र घेराबन्दी गर्ने, सरकार असफल बनाउने षडयन्त्रको उपजका रुपमा आएको ओलीको कथन थियो। बालुवाटारमा आफूनिकट संघीय सांसदको भेलामा एकीकरण ऐतिहाँसिक भए पनि पहिलो अध्यक्ष आफू नै रहेको बताए।
उनले भने,‘प्रचण्डले उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर अध्यक्ष मान्दिएको हुँ, अहिले पहिलो अध्यक्षलाई कारबाही अरे। नेकपा एमालेको अध्यक्षलाई कारबाही अरे।’
उपयुक्त समयमा संसदीय दलको बैठकसहित केन्द्रीय समिति पनि बोलाउने उनले बताए। उनले भने,‘कारबाही भनेको कस्तो, के को जगमा उभिएर गरिएको, त्यसको वैधता छैन। म बैठक डाक्छु।’

