

पुल्चोकमा बादलको छुट्टै भेला, बालुवाटार गएनन्

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्रीले आफू निकट सांसदहरुको भेला बालुवाटारमा बोलाइरहेको अवस्थामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि आफ्नै पूर्वसमूहको भेला गरेका छन्।
सोमबार बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदहरूलाई बालुवाटारमा बोलाएको जनाइएको छ । राष्ट्रिय सभा सदस्य रहेका बादल उक्त भेलामा जाने अनुमान गरिएको थियो। तर उनी बालुवाटार नगएर सोमबार बिहान मन्त्रीक्वार्टर पुल्चोकमै बसेका थिए ।
बादलसहित स्थायी कमिटीमा पम्फा भुसाल र देव गुरूङ नेकपा स्थायी कमिटी सदस्य छन्।

