सेयर बजारमा संसद् विघटन प्रभाव : कारोबार खुलेको लगतै नेप्से ६० अंकले ओरालो


काठमाडौं – सेयर बजारमा संसद् विघटनको प्रत्यक्ष प्रभाव परेको देखिएको छ । साताको दोस्रो दिन सोमबार कारोबार खुलेको १० मिनेटमै नेप्से करिब ६० अंकले घटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै करिब १०० अंकको गिरावट आएको सेयर बजार (आज) सोमबार पनि प्रि-ओपन सेसनबाटै घट्न सुरु भएको हो ।

११ बजेर १० मिनेट जाँदा नेप्से ५७.६३ अंकले ओरालो लाग्दा नेप्से १८७८ अंकमा झरेको छ । उक्त अवधिमा १२९ कम्पनीको ६ लाख ९२ हजार ८५६ कित्ता सेयर किनबेच हुँदा ५२ करोड ३१ लाख ३५ हजारको सेयर कारोबार भएको छ । करोबारमा आएका मध्ये ११६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य बढेको छ ।

प्रतिक्रिया