राजनीतिमा नयाँ मोडः कांग्रेसद्वारा सर्वदलीय बैठक आह्वान


काठमाडौं– सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाली राजनीतिमा नयाँ मोड आएको छ।

प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यहि विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक आह्वान गरेको छ। पार्टी कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बैठक डाकिएको हो।

नेकपा, जनता समाजवादी पार्टी, राप्रपालगायतका दललाई बैठकमा सहभागी हुन निम्तो दिइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसका आधारमा राष्ट्रपति विद्या भण्डारीले सदन विघटन गरेपछि त्यसको आलोचना भएको छ।

तर ताजा जनादेशका लागि आगामी १७ र २७ वैशाखका लागि चुनावी मिति समेत घोषणा गरिसकिएको छ।

प्रतिक्रिया