ओली समर्थित सांसदहरु बालुवाटारमा भेला हुँदै, निर्वाचनको तयारी बारे छलफल हुने


काठमाडौं – संसद विघटनको आफ्नो प्रस्ताव राष्ट्रपतिबाट सदर भएपछि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय सांसदलाई वालुवाटार बोलाएका छन्।

संसद विघटनपछिको अवस्थाबारे जानकारी दिन र घोषित आगामी निर्वाचनबारे तयारी गर्न प्रधानमन्त्री ओलीले सांसदहरूलाई बालुवाटार बोलाएको ओली समर्थित एक सांसदले बताए ।
अहिले बिहान ९ बजेका लागि आफूसमर्थित सबै सांसदहरुलाई बालुवाटारमा बोलाएका छन् ।

संसद विघटनबारे प्रधानमन्त्रीको निर्णयलाई लिएर सर्वत्र फैलिएको विरोधका कारण नेकपा फुट्न सक्ने देखिएको छ । कतिपय नेकपाका नेताहरुले पार्टी फुटेको औपचारिक घोषणा गर्न मात्र बाँकिरहेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकको हितका लागि ताजा जनादेशको लागि जनतामा जाने निर्णय स्वागतयोग्य रहेको बताउँदै भक्तपुरलगायतका स्थानमा समर्थनमा जुलुस समेत निस्किएको थियो ।

प्रतिक्रिया