प्रेम राईलाई कसले गरिरहेको छ बदनाम?


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तमा सिफारिस पूर्व गृहसचिव प्रेमकुमार राईको फेक ट्वीटर आइडी खोलेर तथानाम लेख्नेविरुद्ध प्रहरीको साइबर व्युरोले खोजी सुरु गरेको छ।

राईको नक्कली आइडी बनाएर कतिपय नेतालाई कारबाही गर्छु भन्ने झूठो प्रचार गरेपछि ब्युरोले खोजीनीति सुरु गरेको हो। ‘मैले अहिलेसम्म सामाजिक सञ्जालमा केही खोलेको छैन, जे पनि आएको सूचना पाएर प्रहरीलाई खबर गरेको छ’, अनलाइनन्युज सेभेनसँग राईले भने,‘जसले गरेको हो, त्यसले कारबाही भोग्नुपर्छ।’

साइबर ब्युरोले पनि उक्त नक्कली एकाउन्ट सञ्चालकको खोजी सुरु गरेको छ। नियतवस राईलाई फसाउने षडयन्त्रका आधारमा पोस्ट गरेको पाइन्छ। साइबर ब्युरोले नक्कली आइडी बनाउनेको पहिचान गरेको बताइएको छ।

प्रतिक्रिया