

संसद विघटन नहुँदै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता थियो

काठमाडौं– प्रतिनिधि सभा विघटनको घोषणा नहुँदै नेकपाका ८९ जना सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको खुलेको छ।
सभामुख अग्नी सापकोटालाई सम्बोधन गरी प्रधानमन्त्रीविद्ध अविश्वासको प्रस्ताव बिहान १० बजे नै दर्ता थियो। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक डाकेर मध्यावधि चुनावमा जानुपर्ने भयो भनेकै बेला यता उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको प्रक्रिया चलाइएको थियो।

