जन्मदिनमा सांसद बस्नेतद्वारा चारसय बढी कैदीबन्दीलाई सहयोग


काठमाडौं — नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा संघीय सांसद महेश बस्नेतले जन्मदिनका अवसरमा महिला बन्दीहरुलाई स्वास्थ्य तथा खाद्यान्न सहयोग गरेका छन् ।

सांसद बस्नेतले जन्मदिनका अवसरमा काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका चार सय महिला कैदीवन्दीलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण गरेका हुन् ।

सांसद बस्नेतले कारागारमा रहेका ३६८ जना महिला, १२ जना बालबालिका तथा २० जना विदेशी गरी जम्मा ४०० जना कैदीबन्दीलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण गरेका थिए । बस्नेतले कारागारमै उपस्थित भई बिस्कुट, चाउचाउ, चप्पल, स्याम्फू र साबुनसहितका सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

श्रीमती र छोरीसहित केन्द्रीय कारागार पुगेका सांसद बस्नेतले मानव सेवा नै सर्बोत्तम धर्म भएकाे भन्दै कोभिड-१९ को कारण कैन्दीबन्दीलाई परेको समस्यालाई मध्यनजर गर्दै सहयोग सामाग्री हस्तान्तरण गरेको बताए ।

विगतमा आफ्नो जन्मोत्सवमा वालगृह, सेवाघर, आश्रम लगायतका ठाउँहरुमा गई मनाउने गरेको भएता पनि यो वर्ष भने कैदीवन्दीहरु माझ मनाउन पाएकोमा आफु खुशी भएको बताए।

प्रतिक्रिया