
नारायणी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
वीरगञ्ज – बाराको वीरगञ्जस्थित नारायणी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका— ३ का ६० वर्षीय पुरुषको मगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
माघ १० गते एन्टीजेन परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार उनमा कोभिड निमोनिया भइसकेको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन सकेन । उनले कोभिड–१९ विरुद्धको कुनै पनि भ्याक्सिन लगाएका थिएनन् ।



कागजपत्र |
