‘राष्ट्रपतिसमक्ष विघटनसम्बन्धी प्रस्ताव आएको छैन’


काठमाडौं – राष्ट्रपति कार्यालयले संसद् विघटनसम्बन्धी कुनै प्रस्ताव नआएको जनाइएको छ ।

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर फर्किएपनि अहिलेसम्म कुनै लिखित प्रस्ताव राष्ट्रपति कार्यालयमा नगएको जनाइएको छ ।

‘अहिलेसम्म मन्त्रिपरिषद्‌को कुनै पनि लिखित प्रस्ताव राष्ट्रपति कार्यालयमा आएको छैन,’ राष्ट्रपति कार्यालयका एक कर्मचारीले बताए ।

प्रतिक्रिया