प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक छैनः पूर्वमन्त्री बाँस्कोटा


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीले संसद विघटनको प्रस्तावलाई गैरसंवैधानिक भन्ने कानुन व्यावसायीमाथि प्रश्न गरेका छन् ।

बाँस्कोटाले संविधानलाई उल्लेख गर्दै भने, “धारा ७६ ले सरकार गठनको व्यवस्था गरेको छ । जसमा पहिलो बुँदामा बुहमत प्राप्त दलको नेता प्रधामन्त्री हुने, दोस्रोमा बहुमत कसैको नआएमा दुई वा दुईभन्दा बढी दलले जसलाई पत्याउँछ त्यो प्रधानमन्त्री हुन्छ ।”

तर धारा ८५ ले प्रतिनिधिसभाको आयूको कुरा गरेको तर अगावै विघटन भएमा अवस्थामा बोहक भनिएको भन्दै उनले भने,“अगावै विघटन भनिएकोले अगावै विघटन गर्न सकिने भने नि त । त्यसैले कसले भन्यो गैरसंवैधानिक भनेर ? उनीहरुले पहिले राम्रोसँग संविधान अध्ययन गरुन् ।”

संविधानकै अर्को व्यवस्थाअनुसार प्रधामन्त्रीले आफूलाई कहिँ कतैबाट अवरोध भएमा वा नभएमा पनि अगाडि नै चुनावमा जान मन लाग्यो भने चुनावमा जान पाउने व्यवस्था पनि संविधानको धारा ८५ मा रहेको दाबी गरे ।

प्रतिक्रिया