संसद् विघटन सिफारिसको समाचारले सेयर बजारमा भारी गिरावट


काठमाडौं – संसद् विघटनको समाचार सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् वैठकले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपति समक्ष पेस गर्ने निर्णयले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको हो ।

कारोबार सुरु भएको २६ मिनेटमा नेप्से परिसुचक ७६.६० अंकले घटेर १९५५.९१ अंकमा आइपुगेको छ । बजारमा १ सय ३९ कम्पनीको सेयर मूलय घटेका छन् । हालसम्म ९७ करोड रुपैयाँको सेयर किनबेच भएका छन् ।

प्रतिक्रिया