
सरकारले घोषणा गरोस् हामी तीन महिनामै चुनाव गर्न सक्छौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया
काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सरकारले घोषणा गरे ९० दिनमै निर्वाचन गराउनसक्ने बताएका छन् । यसअघि माघको पहिलो हप्ता मिति घोषणा नगरे वैशाखमा चुनाव गराउन सम्भव नहुने बताएका प्रमुख आयुक्त थपलियाले अझै पनि मिति घोषणा गरे निर्वाचन गराउन सकिने बताएका हुन् ।
‘सरकारले माघ १५ सम्म मिति घोषणा गरे पनि आयोगले स्थानीय तहको निर्वाचन गराउन सक्छ,” प्रमुख आयुक्त थपलियाले ‘सरकारले मिति घोषणा गरेर आवश्यक सहयोग गरे ९० दिनभित्र चुनाव गराउन सम्भव हुन्छ ।’
उनले निर्वाचन आयोगलाई मिति घोषणा गर्ने अधिकार नभएको भन्दै प्रस्ताव गर्ने अधिकारक आयोगले प्रयोग गरिसकेको बताए ।
सरकारले ऐन नै संशोधनको तयारी गर्यो नि ? भन्ने प्रश्नमा प्रमुख आयुक्त थपलियाले आयोगले संविधान र कानुनअनुसार काम गर्ने भन्दै ऐन संशोधन गरे आयोगले संशोधित ऐन अनुसार नै काम गर्नुपर्ने बताए ।



कागजपत्र |
