मन्त्रीले नेता मार्ने धम्की दिँदा पनि प्रधानमन्त्री मौन रहनु आपत्तिजनक : ज्ञवाली


काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बहालवाला मन्त्रीले नेतालाई हत्या गरिदिने धम्की दिँदा पनि सम्बन्धित दल र प्रधानमन्त्रीसमेत मौन रहनु आपत्तिजनक रहेको बताएका छन् ।

ज्ञवालीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ुगौर नरसंहारु गराएर हत्या गर्ने खुला धम्की दिँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन रहनु आपत्तिजनक र बिडम्बनापूर्ण रहेका बताएका हुन् ।

आज सामाजीक संजाल ट्विटरमा ट्विट गर्दै ज्ञवालीले यस्ता गम्भीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्री देउवाको मौनता बिडम्बनापूर्ण रहेको बताएका छन् । उनले अपराधलाई दुरुत्साहन गर्ने यस्ता सबै गतिविधि बन्द गर्न पनि आग्रह गरेका छन् ।

मन्त्री यादवले बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतलाई घेरा हाली हत्या गराई दिने धम्की दिएकी थिइन् ।

सिके राउतलाई मन्त्री यादवको ज्यान मार्ने धम्की !

जनमत पार्टीले भने नरसंहार गराई दिने जस्ता अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल बरखास्त गर्न माग गरेका छन् ।

प्रतिक्रिया