३३ अंकले बढ्यो नेप्से, कारोबार रकम पाँच अर्ब ७७ करोड


काठमाडौं – शेयर बजारमा आज उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसुचक आज ३३ दशमलव ३ अंकले बढेर २९ सय ३१ दशमलव ३४ विन्दु कायम भएको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ९ प्रतिशतले बृद्धि भई ५४३ दशमलव ७४ विन्दु कायम भएको हो । सामूहिक लगानी कोष र बैंकिङ समूहबाहेक सबै समूहको शेयर उकालो लागेकोमा बीमा, फाइनान्स, विकास बैंक, जलविद्युत र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ ।

एक करोड ५९ लाख ८९ हजार कित्ता शेयर पाँच अर्ब ७७ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् । आज मैलुङ खोला जलविद्युत, तेह्रथुम पावर कम्पनी र बुद्धभूमी नेपाल हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढेपनि बोटलर्स नेपालको शेयर झण्डै दुई प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया