रामेछापकाे खाँडादेवीकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


रामेछाप – जिल्लाको खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

पालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठले ७ हजार ३ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नवराज थोकरले ४ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपाध्यक्षमा एमाले पार्टीको तर्फबाट उम्मेदवार बनेकी रमा घिसिङ्गले ७ हजार ४ सय ५८ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मानबहादुर लामाले ४ हजार १ सय ११ मत पाए ।

योसँगै रामेछापका २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटै पालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया