सिके राउतलाई मन्त्री यादवको ज्यान मार्ने धम्की !


काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी छन्।

जनता समाजवादी पार्टीकी नेता समेत रहेकी मन्त्री यादवले मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् । उनले भनेकी छन्, ‘राइस मिल अहिले पनि जीवित छ। गौरमा फणा देखाउने प्रयास नगर। यहाँ लाठी भाँच्न मानिसले जानेका छन्। तुफानसँग टकराउने प्रयास नगरे हुन्छ।’

मन्त्री यादवले गौर नरसंहार दोहोरिन सक्ने चेतावनीसमेत दिएकी छन्। ‘यो गौर ऐतिहासिक जिल्ला हो। बलिदानी दिवसमा हिंसा गर्नु छैन, आज हामी बलिदानी दिवस मनाउन आएका छौं, भोलि म यहाँको सडकको अवस्था अवलोकन गर्नेछु’ उनले चेतावनीको शैलीमा भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्‍यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो । त्यो इतिहास डाक्टर साब (सिके राउत)ले नभुलुन्। नत्र तपाईंका कार्यकर्ता मारिन्छन्।’

यस्तै प्रकृतिको क्रियाकलाप भइरहे जनताले घेरबन्दी गरेर हत्या गर्नसक्ने भएकाले सतर्क रहन आग्रह गरेकी छन्।

प्रतिक्रिया