

पहिलो पल्ट प्रचण्डनिवास खुमलटार छिरे प्रधानमन्त्री ओली, नेकपा अध्यक्षबीच छलफल जारी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा छलफल चलेको छ।
प्रधानमन्त्री ओली पहिलो पल्ट प्रचण्डनिवास खुमलटार छिरेका हुन्। नेकपाको आन्तरिक विवाद समाधानका निम्ति दुई अध्यक्षबीच छलफल चलिरहेको हो।
संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ताका लागि प्रचण्डले प्रधानमन्त्री ओलीलाई बारम्बार आग्रह गरेका छन्। नेकपा विवादकाबीच शुक्रबार प्रचण्ड–माधव नेपाल पक्षका प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवको भेला पेरिसडाँडामा भएको थियो।
सो क्रममा निषेध नभई नियन्त्रणका आधारमा पार्टीमा अघि बढ्ने प्रचण्डले घोषणा गरेका थिए। छलफलमा संवैधानिक आयोगहरुमा नियुक्तिका विषयमा पनि सहमति जुटाउने तयारी भएको बताइएको छ।

