मधेश प्रदेश नामकरण आफ्नै पार्टीको एजेन्डा अनुसार भएको दावी गर्दै प्रचण्डले दिए बधाई


काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ को नाम आफू नेतृत्वको पार्टीले उठाउँदै आएको पहिचनासहितको संघीयताको मर्मअनुसार ‘मधेश’ राखिएको भन्दै बधाई दिएका छन्।

प्रचण्डले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत एक बधाई सन्देश दिँदै आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं। २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेश मुकाम÷राजधानी जनकपुर बनाउन सफल बताएका हुन्।

साथै उनले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको प्रति प्रदेशका सांसद तथा सम्पूर्ण प्रदेश बासिन्दालाई बधाई दिएका छन् ।

 

प्रतिक्रिया