प्रदेश २ को नाम मधेस प्रदेश भएपछि बाबुराम भट्टराई असाध्यै खुसी


काठमाडौँ – प्रदेश नम्बर २ को नाम मधेस कायम भएपछि पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई निकै खुसी भएका छन्। सोमबार प्रद्श नम्बर २ (यसअघिं)को प्रदेश सभामा गरिएको मतदानले आफ्नो प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव बहुमतले पारित गरेको हो।

उक्त खबर सार्वजनिक हुनासाथ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका डा। भट्टराईले मधेस प्रदेश नाम कायम हुनुमा मधेसी जनताको बलिदानको सफलता भएको बताएका हुन्। साथै यस क्रममा उनले पहिचान विरोधीहरूविरुद्ध कडा प्रतिक्रिया व्यक्त गरेका छन्।

‘मधेस प्रदेश नामकरणको ऐतिहासिक महत्त्व सबैले बुझौं। यो कसैको दयाले नभई मधेसी जनताले आफ्नो पहिचानरअधिकारका निम्ति गरेको बलिदानको फल हो। अरू जातिरराष्ट्रियताले पनि ढिलो–छिटो प्राप्त गर्नैपर्छ’, उनले लेखेका छन्, ‘इन्द्रेणीका विविध रंग देखिँदा आकासै खस्छ भन्ने मूर्ख र ठगहरू कुनै दिन इतिहासको कठघरामा उभिनैपर्छ।’

प्रतिक्रिया