

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पर्वत – पर्वतमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पर्वतको आम्बोटस्थित पोखरा–बागलुङ सडकमा सोमबार साँझ ग २ ख १०१३ नम्वरको बसबसले ठक्कर दिँदा मोटरसाइकलमा सबरा ३८ वर्षीय प्रितम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका पर्वतको महाशिला गाउँपालिका २ भोक्सिङ निवासी गुरुङको उपचारको क्रममा पर्वत अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
पर्वतबाट पोखरातर्फ आउँदै गरेको गुरुङ सबार ग ६ प ५५७३ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। बस बागलुङबाट बर्दियातर्फ जाँदै थियो। दुर्घटनापछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

