

मेस्सीलाई उछिन्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

काठमाडौँ – पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की सन् २०२१ को उत्कृष्ट फिफा वर्ष खेलाडी बनेका छन्। ३३ वर्षीय लेवान्डोस्कीले लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन्। उनले इजिप्टका मोहम्मद सलाह तथा अर्जेन्टिनाका लियोनेल मेस्सीलाई पछि पार्दै यो उपाधि जितेका हुन्।
सन् २०२१ मा लेवान्डोस्कीले समग्रमा ६९ गोल गरेका थिए। लेवान्डोस्कीले बुन्डेसलिगामा एकै वर्ष सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान राखेका थिए। उनले दिवंगत जेर्ड मुलरले राखेको ४९ गोलको कीर्तिमान तोडेका हुन्।
त्यस्तै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले विशेष अवार्ड हात पारेका छन्। फिफा वर्ष खेलाडीको मनोनयनमा पनि नपरेका रोनाल्डोले सोमबार राति भएको समारोहमा महत्वपूर्ण सफलता हात पारेका हुन्।
सन् २०२१ मा उनले आफ्नो देशको लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान राखेका थिए। उनले पोर्चुगलका लागि १८४ खेलमा ११५ गोल गरेका छन्।
उत्कृष्ट प्रशिक्षकको अवार्ड चेल्सीका थोमस टुचेलले पाए। उनले दोस्रोपटक क्लबलाई च्यम्पियन्स लिगको उपाधि जिताएका थिए।

