प्रदेश २ बन्यो मधेश


जनकपुरधाम – प्रदेश २ को नाम मधेश भएको छ ।

सोमबार प्रदेश सभा सचिवालय जनकपुरमा भएको मतदानबाट प्रदेशको नाम टुंगो लगाएको हो ।

प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । यो दुई तिहाईभन्दा बढी हो ।

त्यसअघि प्रदेश सभाले प्रदेश नं. २ को राजधानीमा जनकपुरधामलाइ बहुमतले पारित गरेको थियो ।

प्रतिक्रिया