

कलेज र ट्युसन सेन्टरसमेत १५ माघसम्म बन्द, पार्टी प्यालेसमा ५० जनामात्र प्रवेश गर्न पाइने

काठमाडौं – सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।
ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।
सरकारले उक्त अवधिसम्मका लागि सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरिसकेको छ । त्यस्तै सरकारले सपिङ मलमा २५ र पार्टी प्यालेसमा ५० जना भन्दा बढीको प्रवेशमा रोक समेत लगाएको छ ।

