

इलामको चिया कारखानामा भिषण आगलागी

इलाम – सूर्योदय नगरपालिकाको चिया कारखानामा भिषण आगलागी भएको छ । श्रीअन्तुस्थित इलाम टी प्रोड्युसर प्रा.लि. मा साँढे ३ बजेबाट आगलागी भएको हो ।
आगलागीबाट कारखाना ध्वस्त भइसकेको छ । आगो निभाउन दमकल प्रयाेग गरिएपनि नियन्त्रणमा आएको छैन । आगलागीबाट भएकाे क्षति विवरण आउन बाँकी छ ।

