

सरकारले गर्यो अचम्मको निर्णय : पेन्सन हुनु चार दिनअघि मात्रै सहसचिव खरेल सचिवमा बढुवा

काठमाडौँ– आज बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगका सहसचिव शंकर खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले पेन्सन हुन चार दिनमात्रै बाँकी भएका खरेललाई सचिव भएका हुन् ।
खरेल माघ ४ देखि सरकारी सेवाबाट अवकाश पाउँदैछन् । सचिवमा बढुवाका लागि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षताको सिफारिस समितिले बैठकले सहसचिवत्रय रामेश्वर दंगाल, मुकुन्द प्रसाद निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो ।

