
निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरु, कुन पार्टीबाट को पुगे आयोग ?
काठमाडौं ( निर्वाचन आयोगको कार्यालय कान्तिपथमा सर्वदलीय बैठक सुरु भएको छ । आयोगले स्थानीय तहको आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएको हो ।
आज सर्वदलीय बैठक बस्दै
बैठकमा विभिन्न दलको प्रतिनिधित्व गर्दै नेताहरू पुगेका छन् । बैठकमा एमालेको प्रतिनिधित्व गर्दै नेताहरू विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् ।
त्यस्तै नेपाली काँग्रेसबाट रमेश लेखकलगायत नेताहरू आयोगमा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) बाट लीलामणि पोखरेललगायतका नेता छन् ।
नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीलगायतका दलबाट भने प्रतिनिधि आउन बाँकी रहेको छ । नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्दै प्रेम सुवाल बैठकमा गएका छन् । नेपाली जनता दलबाट हरिचरण साह, नेपाल सङ्घीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत आयोग पुगेका छन् ।



कागजपत्र |
