

टिचिङमा कार्यरत ६० स्वास्थ्यकर्मीमा कोरोना पुष्टी

काठमाडौं — त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र संकाय महाराजगञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालमा कार्यरत चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले जानकारी दिए ।
उनले अहिले पोजेटिभ आएका सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको जानकारी दिए ।
स्वास्थ्यकर्मीहरू उच्च जोखिम रहेको औल्याउँदै सरकारले माघ पहिलो सातादेखि स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिने तयारी गरेको छ ।

