

नेपाली बजारमा आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ५०० रुपैँयाले बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो ।
यस्तै आज बढेको मुल्यसहित तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बिहिबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

