त्रिभुवन विमानस्थलमा कडाइः भिजिटर पास बन्द, स्वागत र विदाइमा नआउन आह्वान


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ। कोरोना भाइरसको बढ्दो महामारीका बीच भिजिटर पास वितरण बन्द गरेको विमानस्थलले जनाएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै विमानस्थल कार्यालयले अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको जनाएको छ।

विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन विज्ञप्तिमा भनिएको छ।

विमानस्थलमा मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले यस्तो आह्वान गरेको हो। कार्यालयले हवाई यात्राका दौरान समेत आवशयक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ।

प्रतिक्रिया