सर्लाहीका सिडियो र एसपीलाई कोरोना संक्रमण


सर्लाही — पछिल्लो समयमा अधिकांश उच्च पदस्थहरुलाई देखिएको कोरोना संक्रमणले सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपीलाई पनि संक्रमित बनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र एसपी कृष्ण प्रसाईंमा कोरोना देखिएपछि दुवै जना निवासमै आइसोलेट भएका छन् । उनीहरूको आइतबार बेलुका स्वाब दिएकोमा सोमबार साँझ रिपोर्ट आउँदा पोजेटिभ देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी गौतमलाई सामान्य रुघाखोकी लागेपछि परीक्षणका लागि जिल्ला अस्पताल मलगंवाको कोरोना ल्याबमा स्वाब दिएका थिए । एसपी प्रसाईंले प्रायः प्रजिअसँगै रहनुपरेका कारण उनले पनि स्वाब दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी गौतम यसअघि पनि पहिलो र दोस्रो लहरमा पनि संक्रमित भई निको भएका थिए ।

कोरोना संक्रमण भएका दुवै जना जिल्लाको विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया