पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शुन्य


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै शनिबार देशभरबाट २९७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६१४० पुगेको छ ।

प्रतिक्रिया