माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण


काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

केही दिनदेखि अस्वस्थ भएका प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रकाे यही पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशन पस्चात  अधिकांस नेता कार्यकर्तामा कोरोना संक्रमण देखिएको छ ।

माओवादीको केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना भएपछि हिजो (शुक्रबार) देखि कार्यालयबाट हुने सम्पुर्ण कार्यक्रम बन्द गर्नुका साथै कार्यालय पुर्ण रुपमा बन्द गरिएको छ ।

प्रतिक्रिया