के एमाले फेरि फुट्न लागेको हो ?

प्रदेश २ मा पूर्वमाओवादी र एमालेबीच चर्किँदै विवाद !


काठमाडौँ – नेकपा एमालेको आन्तरिक विवादका कारण प्रदेश २ का आठ जिल्लामध्ये शुक्रबार एक जिल्लाको मात्रै जिल्ला अधिवेशन हुने भएको छ । सप्तरीबाहेकका बाँकी सात जिल्लाको अधिवेशन पछि हुने खवर आएको नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

यसअघि एमालेले गैर भौगोलिक ११ बाहेक सवै जिल्ला अधिवेशन पुस २३ गते शुक्रबार हुने बताएको थियो । सचिव अधिकारीका अनुसार भौगोलिक र गैर भौगोलिक गरी एमालेका ८८ जिल्ला कमिटीमध्ये शुक्रबार ६४ जिल्लाको मात्रै जिल्ला अधिवेशन सुरु हुनेछ ।

‘हिउँ परेका जिल्ला मनाङ, मुस्ताङ र संखुवासभामा शुक्रबार अधिवेशन हुदैन’, सचिव अधिकारीले भने, ‘त्यसबाहेक प्रदेश २ का आठ मध्ये सात जिल्लाको पुस अन्तिम र माघ पहिलो साता हुने जानकारी आएको छ ।’ त्यस्तै अधिकारीले ८८ मध्ये ६४ जिल्लाको भोली नै अधिवेशन हुने र २४ जिल्लाको पछि हुने बताए ।

अधिकारीका अनुसार प्रदेश २ को पर्सामा पुस २७, बाराको २८, रौतहटको २९, सिराहाको २५ गते जिल्ला अधिवेशन तय भएको छ । नेकपा एमाले प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले नेताहरुको कार्यव्यवस्तताका कारण प्रदेशका केही जिल्लाको अधिवेशन पछि गर्ने सहमति भएको बताए ।

 

 

 

 

प्रतिक्रिया