मेडिकल कलेजको मनोमानी रोक्न शिक्षामन्त्री पौडेलले थाले अनुगमन
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका मन्त्री पौडेलले कलेजका प्रिन्सिपल डा. रतिन्त्रनाथ श्रेष्ठसँग विद्यार्थीको आन्दोलन र कलेजले बढी शुल्क लिएको भन्ने विषयमा जानकारी लिएका थिए ।
सो क्रममा प्रिन्सिपलले आफूहरुले बढी शुल्क नलिएको र चिकित्सा शिक्षा आयोगका कारण समस्या भएको पटक पटक मन्त्रीसँग गुनासो गरे । यसपछि प्रमुख जिल्ला अधिकारी शर्मालाई विद्यार्थीका प्रतिनिधि, अभिभावक र कलेजका प्रतिनिधिबीच छलफल राखेर मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिए ।
साथै मन्त्री पौडेलले आफूहरूले शुल्क बढी नलिए प्रमाणित गर्न प्रिन्सिपल श्रेष्ठलाई चुनौती पनि दिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे वार्ता गराउने भएकी छन् ।